Comments Add Comment

पूर्वराजदूत झा हत्या प्रकरणः प्रहरीले गर्‍यो सेफ र २ मालीको ‘पोलिग्राफ टेस्ट’

हत्या गरिएका झाको शव निकालिँदै ।

६ भदौ, काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा पक्राउ परेका ३ जनाको बुधबार प्रहरीले ‘पोलिग्राफ’ परीक्षण गरेको छ ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सेफको रुपमा कार्यरत् सानु तामाङ र दुई जना मालीको ‘पोलिग्राफ’ परीक्षण गरेको हो ।

यसअघि गत आइतबार राति थापाथलीस्थित आफ्नै निवासमा छुरी प्रहार गरेर पूर्वराजदूत झाको हत्या भएको थियो ।

घटनाको ३ दिन वितिसक्दा पनि प्रहरीले हालसम्म बलियो सुराक भेट्न नसकिरहेका वेला ३ जनाले दिएको बयान सही हो या झुठो भन्ने विषयको निक्यौल गर्न ‘पोलिग्राफ टेस्ट’ गरिएको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै पोलिग्राफ टेस्ट भइसके पनि रिपोर्ट आइनसकेको बताए । ‘रिपोर्ट आएपछि थप केही खुल्ला’, ती अधिकारीले भने ।

झाको हत्या सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह बताउँछन् ।

यो पनि पढ्नुस् 

पूर्वराजदूत केशव झाको हत्या

पूर्वराजदूत झा हत्या प्रकरणः कुक र दुई माली नियन्त्रणमा

पूर्वराजदूत झाको हत्यापछि निवासमा देखिएका दृश्य

बन्द कोठाभित्र कसले हान्यो पूर्वराजदूतलाई छुरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment