+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

प्रवासी नेपालीको सीपलाई समृद्ध नेपाल निर्माणमा लगाऔंः मन्त्री मगर

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १८:४३

युएई / खानेपानीमन्त्री विना मगरले नेपाल बाहिर रहेका युवाहरुको दक्षता र सीपलाई समृद्ध नेपाल निर्माणमा प्रयोगमा लगाउनुपर्ने बताएकी छन् ।

सरकारले अघि सारेको समृद्ध नेपालको योजना चुतौतीपूर्ण रहेको भएतापनि देश बाहिर रहेका गैरआवासीय नेपालीलाई बाध्यकारी लगानीको कानूनमा ल्याएर सबैलाई समेट्ने बताइन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वीयको छैठौँ क्षेत्रीय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले गैरआवासीय नेपालीहरुले सामुहिक लगानी गर्नुपर्नेमा जोड दिइन् ।

लगानीको वातावरण र सुरक्षा सरकारले गर्ने प्रतिबद्धता गर्दै मन्त्री मगरले प्रदेश र स्थानीय क्षेत्रमा लगानी गरेर नमूना काम गर्न आग्रह गरिन् । विदेशमा श्रमरत घरेलु महिला तथा कामदारका समस्याबारे चिन्ता व्यक्त गर्दै मन्त्री मगरले समस्या समाधानमा सरकार गम्भीर रहेको बताइन् ।

वैदेशिक रोजगारीको विकल्प तत्काल नरहेको जनाउँदै विदेशी भूमिका कार्यरत प्रत्येक नेपालीको तथ्यांक अब सरकारले राख्ने उनको भनाइ छ । विदेशमा श्रमरत नेपालीका समस्याका बारेमा कार्यक्रमबाट फर्किए लगतै श्रममन्त्रीसँग छलफल गरी कार्यान्वयनमा ल्याउन सुझाउने मन्त्री मगरले बताइन् ।

जलश्रोतको सदुपयोग जलविधुत मात्र नभएर नेपालको पानी विश्व बजारमा व्यपस्थापन गर्न सके लगानी र रोजगारीको बाटो खुल्ने उनले बताइन् ।कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता तथा पूर्वश्रममन्त्री रमेश लेखकले विदेशमा रहेका नेपालीको सीपलाई सदुपयोग गरेर मात्र देशको विकास हुने बताए ।

वैदेशिक रोजगार नेपालीका लागि बाध्यात्मक अनिवार्यता भएको र देशमा पसिना बग्नुको सट्टा रगत बग्नु दुर्भाग्यपूर्ण रहको भन्दै चिन्ता जनाए । आफू श्रममन्त्री हुदाँ लागू गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको सही सदुपयोग नभएको उनको आरोप छ ।

सरकारले श्रमसम्झौता बढाउनु पर्ने र हाल सम्झौता भएका मुलुकसँग नीतिलाई कार्यान्वयनका ल्याउनुपर्नेमा जोड दिए ।

सरकारले खाडी राष्ट्रमा घरेलु महिला कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरी समस्या समाधानमो छुट्टै समिति बनाएर अघि बढ्नुपर्ने,े श्रम गन्तव्यमा जाने मुलुकसँग भिसा प्रकृयाका लागि जीटुजीलाई छिटो अघि बढाउनु पर्ने लेखकको सुझाव छ । उनले एनआरएनहरुलाई वैदेशिक रोजगारको कमाइ उद्योगमा लगानी गरेर निर्यात बढाउन आग्रह गरे ।

यस्तै, एनआरएन अध्यक्ष भवन भट्टले एनआरएन विनाको विकास सम्भव नरहने राज्यले महसुस गरेको र मुलुकको समृद्धिमा सहभागी हुन आफूहरु तयार रहेको जनाए । तर, दक्ष कामदारलाई मुलुकको समृद्धिमा लगाउन सरकारले पहल गर्नुपर्ने उनको धारणा छ ।

कार्यक्रममा यूएईका कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले यहाँ रहेका नेपालीका समस्या र दुतावासले गरेका पहलका बारेमा जानकारी गराएका थिए ।

६ महिना अघिको आँकडा अनुसार दुई लाख पच्चिस हजार नेपाली यूएईमा कार्यरत रहेको जनाए ।

सेक्युरेटि गार्ड, घरेलु कामदार र लेभरका क्षेत्रमा नेपालीको संख्या धेरै रहेको र उनीहरुको समस्या, स्वास्थ्य सचेतना र विभिन्न विषयमा दूतावासले परामर्श गर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा एनआरएन पूर्वअध्यक्ष डा.उपेन्द्र महत्व, जिवा लामिछाने श्रम मन्त्रालयका उपसचिव विपिन आचार्य लगायतले धारणा राखेको थिए ।

सुरक्षित र मर्यादित वैदेशिक रोजगारी हाम्रो सरोकारः ज्ञान सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार भन्ने नाराका साथ मध्यपूर्वका १२ देशका (एनसीसी) तथा (आइसीसी) का प्रतिनिधि र सरकारी निकायका प्रतिनिधिको सहभागितामा भइरहेको भेलाले खाडी मुलुकमा श्रमरत नेपालीको ज्ञान सीपको प्रयोग गर्ने आधार खोज्नेछ ।

विभिन्न विषयमा भएका छलफललाई कार्यन्वयनमा लैजान घोषणपत्र सार्वजनिक गदै एनआरन मध्यपुर्वको भेला भोलि सम्पन्न हुनर्ेे एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?