+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बाजेको सेकुवामा सुन समितिको शिलबन्दी तोडियो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १५:०२

१८ भदौ, काठमाडौं । काठमाडौंको चर्चित चेन रेष्टुरेन्ट बाजेको सकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ ।

यसअघि रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी गरेको थियो ।

त्यसलगत्तै, व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै कर्मचारीहरुले विरोध जनाउँदै आएका थिए ।

विशेष अनुसन्धान समितिले गरेको शिलबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । र, १३ भदौमा सर्वोच्चले सबै शाखाहरु खोल्न अन्तरिम आदेश दिएपछि सोमबार शिलबन्दी तोडिएको रेष्टुरेन्टका कर्मचारी सुधिर विक्रम शाहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा शिलबन्दी तोडिएको हो । उता, रेष्टुरेन्टका मालिक भण्डारीको खोजीमा नेपाल प्रहरीले अन्तरार्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरेको छ ।

यो पनि पढ्नुस् 

बाजेको सेकुवामा सुन अनुसन्धान समितिको छापा

बाजेको सेकुवाका कर्मचारीको गुनासो–व्यक्तिगत मुद्दाले हाम्रो रोजिरोटी खोसियो

सुन खोज्न गएको प्रहरीले भेडे खुर्सानी पोको पार्‍यो (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?