+
+
Shares

नेप्सेमा झिनो गिरावट, ६८ करोडमा रोकियो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १७:०७

१ असोज, काठमाडौं । असोज महिनाको पहिलो दिन तथा साताको दोस्रो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबारको तुलनामा नेप्से परिसूचक शून्य दशमलव ०१ प्रतिशत अर्थात ०.१३ अंकले ओरालो लागेको हो ।

सोमबार सेयर बजारमा ०.१३ अंकको गिरावट देखिदा नेप्से परिसूचक १ हजार २ सय ५६ दशमलव ४० को बिन्दुमा आइपुगेको छ ।

परिससूचकसँगै कारोबार रकम पनि ओरालोतर्फ

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट देखिएको छ । भदौ महिनाको अन्तिम दिन एवं साताको पहिलो दिन ९० करोड भन्दा माथि पुगेको कारोबार सोमबार भने ६९ करोडसम्म पुग्न सकेन ।

दिनभरमा ६ हजार ९ सय ४१ कारोबारबाट १ सय ६७ कम्पनीको २४ लाख २५ हजार ३ सय ३ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

जसअनुसार ६८ करोड ७६ हजार ८८ सय ६५३ रुपैयाँको सेयर कारोबार भयो । दिनभरमा सबैभन्दा बढी कारोबार ग्लोबल आईएमइ बैंकको प्रमोटर सेयरको भएको छ ।

नेप्सेका अनुसार ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरमात्रै ९ करोड २६ लाख ९० हजार ८ सय ५४ रुपैयाँको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?