+
+

मेलिनाको गीतमा प्रियंकाको नाच

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ५ गते १५:३८

दशैं नजिकिदैछ । दशैंको रमझममा गीत-संगीत त चाहिन्छ नै । त्यसैले त गायक/गायिकाहरु यस्तै रमझमका लागि गीत तयार गरिरहेका छन् । यसैको सिलसिला हो, ए कालु ।

यो डान्सिङ नम्बरमा अभिनेत्री प्रियंका कार्कीले कम्मर मर्काएकी छिन् । स्वर चाहि मेलिना राईको हो । अहिले सिनेमा र संगीतमा दुबै चल्तापूर्जा नाम हुन् । त्यसो त प्रियंका म्युजिक भिडियोसँगै फिल्ममा पनि समानन्तर जमिरहेकी छिन् । यही सातादेखि उनी अभिनित फिल्म पनि हलमा लाग्दैछ ।

यता फिल्मकै पाश्र्व गायनमा मेलिनाको उच्च माग छ । अतः यो गीतले भने मेलिना र प्रियंकालाई एकै थलोमा ल्याइपुर्‍याएको छ । गीतमा मेलिनालाई सरोज ओलीले साथ दिएका छन् ।

यो गीत चन्द्र घिमिरेको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोको छायांङ्कन सुदिप बरालले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?