+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
87/5 (14.3)
Shares

संशोधन नभएसम्म संविधान स्वीकार्य हुन सक्दैनः मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ५ गते १७:१६

५ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्रुटीपूर्ण संविधानको संशोधन आवश्यक रहेको बताए ।

‘संविधान संशोधनको लागि संघर्ष जारी छ । सबैले आ-आफ्नो ठाउँबाट संघर्षलाई अगाडि बढाउनुपर्छ । संघर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन,’ उनले भने, ‘अधिकारको लागि संघर्षलाई निरन्तरता दिनुपर्छ ।’

हरेक परिवर्तनमा तराई मधेशको जनताको भूमिका अहम रहेको बताउँदै उनले अधिकारको लागि संघर्ष जारी राख्न आव्हान गरे । कार्यकर्ता भेटघाट कार्यक्रममा सप्तरी जिल्लाका नेता तथा कार्यकर्ताहरुले आ-आफनो गुनासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?