+
+
Shares

८ बुँदे सहमतिपछि खुर्सिदको शव उठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ५ गते १९:४३

५ असोज, मोरङ । बिहीबार हरिनगर–२, भुटाहामा भारतीय हतियारधारीको समूहले गोली हानी हत्या गरेको खुर्सिद आलम अन्सारीको शव परिवारले उठाउन दिएका छन् ।

जिल्ला सुरक्षा समितिसँग ८ बुँदे सहमति भएपछि बिहीबार हत्या गरिएका अन्सारीको शव उठाउन परिवार र स्थानीय सहमत भएका हुन् ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीका अनुसार सहमतिपछि शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आफन्तले उठाएको माग सम्बोधन गर्नका लागि पहल गर्ने सहमति भएको जानकारी दिए ।

पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नु पर्ने, स्थानीय प्रहरी युनिटको टोली परिवर्तन गर्नुपर्ने, बारम्बार मुस्लिम अुगुवामाथि हुने आक्रमणको छानबिन गर्न उच्च स्तरीय समित गठन गर्नुपर्ने, गृहमन्त्रीसँग छलफल गर्न पाउनुपर्ने माग
स्थानीयको थियो ।

यो पनि पढ्नुस् 

खुर्सिद हत्याको छानबिन गर्न समिति गठन

सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता

खुर्सिद हत्या प्रकरणः ६ किलोमिटर लखेट्दा पनि समातिएनन् हतियारधारी 

खुर्सिद अन्सारी हत्या प्रकरणः परिवारले शव उठाउन मानेन

अन्सारी हत्याबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?