Comments Add Comment

खुर्सिद हत्याको छानबिन गर्न समिति गठन

५ असोज, काठमाडौं । गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याबारे छानबिन गर्न समिति बनाएको छ ।

प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् ।

समितिले १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मृतकको परिवार एवं पीडित पक्षलाई गृहमन्त्रीले काठमाडौंमा भेट्ने भन्दै त्यसका लागि व्यवस्था मिलाउन पनि सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई दिर्नेशन दिइएको छ । स्थानीयले भने गृहमन्त्री आफैं उपस्थित भएर घटनाको छानबिन गर्ने प्रतिवद्धता नजनाएसम्म शव नउठाउने बताएका छन् ।

खुर्सिदको बिहीबार हरिनगरा गाउँपालिका भुताहा बजारमा गोली हानी हत्या भएको थियो ।

यो पनि पढ्नुस्

सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता

खुर्सिद हत्या प्रकरणः ६ किलोमिटर लखेट्दा पनि समातिएनन् हतियारधारी 

खुर्सिद अन्सारी हत्या प्रकरणः परिवारले शव उठाउन मानेन

अन्सारी हत्याबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment