Comments Add Comment

युवाहरुमा तिव्र रुपमा बढ्दैछ उच्च रक्तचापको समस्या, यस्तो छ कारण र उपचार

उच्च रक्तचाप अहिलेको समयमा सबैभन्दा धेरै मानिसलाई लाग्ने रोग भएको छ । सुन्दा सामान्य लाग्ने यो रोग धेरै खतरनाक छ ।
उच्च रक्तचाप रोगको विशेषता भनेको नै यो एक्लै आउँदैन, यसले आफ्नो साथमा कैयौं अन्य रोगहरु पनि लिएर आउँछ । ग्रामिण इलाकाको तुलनामा शहरी मानिसहरु तिव्र रुपमा यो रोगको चपेटामा आइरहेका छन् ।

अमेरिकी शोधकर्ताहरुले ३ सय जनामा गरेको एक अध्ययनबाट प्राप्त तथ्य अनुसार शहरी मानिसहरु अझै विशेषगरि युवाहरु तिव्र रुपमा उच्च रक्तचापको शिकार भइरहेका छन् ।

उच्च रक्तचापका बिरामीहरुलाई चक्कर आउने र टाउको दुख्ने समस्या हुन्छ । उनीहरुलाई कुनै काममा मन लाग्दैन । यसको कारणले शारीरिक काम गर्ने क्षमता हुँदैन र रोगी अनिन्द्राको शिकार हुन्छन् ।

तपाईंलाई पनि उच्च रक्तचापको समस्या छ भने नआत्तिनुहोस् किनभने घरेलु उपचारको सावधानीपूर्वक प्रयोगले औषधिको प्रयोग बिना यसउ भयंकर रोगमाथि पूर्ण नियन्त्रण पाउन सकिन्छ । आज हामी तपाईंलाई उच्च रक्तचापको प्रभावकारी उपचार बताउँछौं ।

यस्ता छन् उच्च रक्तचापको लक्षण

-उच्च रक्तचापको लक्षणहरुमा चक्कर आउने पनि आम हो । धेरैपटक शरीरमा कमजोरिको कारणले पनि चक्कर आउने समस्या हुन सक्छ । यस्ता कुनै लक्षण देखियो भने पहिले आफ्नो चिकित्सक सँग परामर्श गर्नुहोस्  ।

-यदि तपाईंलाई थोरै काम गर्दा पनि थकान महसुस हुन्छ, थोरै छिटो हिँड्दा समस्या हुन्छ वा सिँढी चढ्दा धेरै थाक्नुहुन्छ भने तपाईं पनि उच्च रक्तचापबाट ग्रस्त हुन सक्नुहुन्छ ।

-सास फेर्दा समस्या भएमा वा लामो लामो सास आएमा एकपटक आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस् । यस्तोमा मानिसलाई उच्च रक्तचापबाट ग्रस्त हुने प्रवल आशंका हुन्छ । साथै यदि नाकबाट रगत आयो भने तपाईंले परिक्षण गर्नुपर्छ ।

-आम रुपमा उच्च रक्तचापका रोगीहरुलाई रातमा निन्द्रा नआउने समस्या हुन्छ तर यो समस्या कुनै चिन्ताको कारण वा अनिन्द्राको कारणले पनि हुन सक्छ ।

-यदि तपाईं आफ्नो मुटुको धड्कन पहिलेको तुलनामा तिव्र भएको महसुस गर्नुहुन्छ वा आफ्नो हृदय क्षेत्रमा दुखाई महसुस भइरहेको छ भने यो उच्च रक्तचापको कारणले पनि हुन सक्छ ।

भुलेर पनि नगर्नुहोस् यी काम

-व्यायाम गर्ने समयमा आफ्नो सास नरोक्नुहोस् वा धेरै दवाव नदिनुहोस्

-बल गरेर भारी तौल नउठाउनुहोस्

-व्यायामको क्रममा हल्का तौल उठाउनुहोस् र धेरैपटक दोहोर्याउनुहोस्

-यदि कुनै पनि असामान्य लक्षण अनुभव गर्नुभयो भने व्यायाम बन्द गर्नुहोस्

-व्यायाम सुरु गर्न पहिले र गरिसकेपछि आफ्नो रक्तचाप नाप्नुहोस्

-सिँढी, भर्याङ चढ्दा विस्तारै उक्लिनुहोस्

-अभ्यास सत्रलाई अचानक बन्द नगर्नुहोस् यसले तपाईंको रक्तचापमा अचानक गिरावट महसुस हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment