+
+
Shares

नेकपा सचिवालय बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते ८:५९

२४ असोज, काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । बैठक यही असोज २७ गतेसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि गत सोमबार बसेको बैठकले थप छलफल गर्न भन्दै आजको मिति तय गरेको थियो । नेताहरु आन्तरिक काममा व्यस्त भएकाले बैठक स्थगित गर्नुपरेको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

तर स्रोतले भन्यो, ‘कार्यविभाजनबाट असन्तुष्ट पक्षको आक्रोश शान्त पार्न बैठकको मिति पछि सारिएको हो ।’ प्रदेशको कार्यविभाजनमा खासगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

आगामी बैठकमा स्थायी कमिटी बैठकको मिति तय गर्ने, पार्टीको आन्तरिक विवाद समाधान गर्ने, जनवर्गीय संगठनहरुको एकता गर्ने लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

साथै उक्त बैठकमा काठमाडौं क्षेत्रनम्बर ७ का सांसद रामबीर मानन्धरको राजीनामा, सो क्षेत्रमा हुने उपनिर्वाचन र उपनिर्वाचनमा नेता बामदेव गौतमलाई उम्मेदवार बनाउने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?