Comments Add Comment

छानबिन समितिले भेटेन खुर्सिद हत्याको रहस्य !

२६ असोज मोरङ । सुनसरी हरिनगर–२, भुटाहाका शिक्षक खुर्सिद आलम अन्सारीको हत्यामाथि छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोलीले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।

४ असोजमा खुर्सिदको हत्या भएपछि हत्या अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसएसपी किशोर दाहालको संयोजकत्वमा समिति गठन भएको थियो ।

१५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिइए पनि अझैसम्म समितिले प्रतिवेदन नबुझाएको हो । अहिले समितिलाई दिइएको समयसिमा सकिएर पनि ५ दिन बितिसकेको छ ।

छानबिन समितिका अधिकारीले भने फिल्डको काम सकेर प्रतिवेदन तयार पार्ने काम गरिरहेको स्पष्टिकरण दिएका छन् । तर, १५ दिन समय खर्चिएको छानबिन टोलीले हत्याको कारण भने पत्ता लगाउन नसकेको समितिले एक अधिकारीले बताए ।

यो पनि पढ्नुहोस सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता ?

खुर्सिद हत्या प्रकरणको छानबिनका क्रममा टोलीले आफन्त छरछिमेक, प्रहरीसहित स्थानीयबासीसँग बयान लिएको थियो ।

टोलीले प्रहरीको घटनापछि अभियुक्तको पक्राउमा आन्तरिक समन्वय अभाव पनि देखिएको जनाएको छ ।

छानबिन समितिका संयोजक किशोर दाहालले केही दिनभित्र छानविन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने तयारी गरिएको अनलाइनखबरलाई बताए ।

उनले प्रतिवेदन केन्द्रमा बुझाउनुपर्ने बताउँदै उनले अहिल्यै केही बोल्न नमिल्ने बताए ।

खुर्सिदको हत्या गरेर भारतीय हतियारधारीको समूह घुस्की नाका हुँदै सहजै भारत छिरेको थियो ।

यो पनि पढ्नुहोस खुर्सिद हत्या प्रकरणः ६ किलोमिटर लखेट्दा पनि समातिएनन् हतियारधारी

प्रहरीको समन्वय अभावका कारण करिब ९ किलोमिटर दक्षिणमा पर्ने घुस्की बोर्डर पार गर्दै हतियारधारी भागेका थिए ।

अज्ञात समुहको गोली प्रहारबाट ज्यान गुमाएका खुर्सिदलाई सरकारले सहिद घोषणा गरेको छ भने उनको परीवारलाई १० लाख क्षतिपूर्ती पनि दिएको छ ।

असोज १४ गते खुर्सिदका आफन्तलाई भेट्न आएका गृहमन्त्री रामबहादुर थापा बादलले १० लाखको चेक र सहिद घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

त्यसवेला थापाले अपराधीलाई सात समुन्द्र पारीबाट भएपनि पक्राउ गरी ल्याउने वचन दिएका थिए ।

यो पनि पढ्नुहोस खुर्सिदका हत्यारा सात समुद्र पार भए पनि ल्याउँछौंः गृहमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment