+
+

सरकार आफ्नै भार थेग्न नसक्ने भइसक्योः बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १५:०५

२९ असोज, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अल्पज्ञानका कारण सरकार असफल भएको बताएका छन् । केपी ओली सरकारले एक बर्षमा केही काम गर्न नसकेको भन्दै उनले जनताले चाँडै विकल्प खोज्ने बताए ।

सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा भट्टराईले भने, ‘यो सरकारले आफ्नै भार थेग्न नसक्ने भइसक्यो, यही बाटोमा हिड्यो भने भविश्य राम्रो छैन ।’

शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको तथा बलात्कार, हत्या, हिंसा जस्ता अपराधिक क्रियाकलाप बढेको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

बुढीगण्डकीमा कमिसनको खेल

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले कमिसन खाएर बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिएको आरोप लगाए । ‘आ–आफ्नो स्वार्थ पुरा गर्न आयोजनालाई भकुन्डो जस्तो बनाएर सरकार पिच्छे विभिन्न निजी क्षेत्रलाई जिम्मा दिँदै आएका छन्,’ उनले भने ।

कमिसनको खेलमा कालोसूचीमा परेको चीनको गेजुवालाई दिइएको उनको दाबी छ । आयोजना निर्माण भए बाबुरामले जस पाउँछ भन्ने सरकारको संक्रिण सोच रहेको भन्दै उनले यस्तो गलत ढंगले नसोच्न आग्रह समेत गरेका छन् ।

केन्द्रले अधिकार छाड्न खोजेन

नयाँ शक्तिका संयोजक भट्टराईले केन्द्रीय सरकारले आफ्नो अधिकार छाड्न नखोज्दा समस्या भएको बताए ।

वित्तिय आयोग बनाएर तीन तहको सरकारलाई अधिकार वाँडफाँट गर्न नसकेको उनको भनाइ छ ।

‘संघीयता भनेको काँक्रा चिरेजस्तो राज्यलाई चिर्न खोजेको मात्र होइन । यो भनेको केन्द्रमा रहेको अधिकार जनतासम्म पुर्‍याउने एउटा विधि हो’ उनले भने, ‘तर, आयोग बनाएर सरकारले अधिकार बाँडफाँट गर्न सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?