६ कात्तिक, काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले भोलि आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल चोनबुरी रंगशालामा साँझ ७ : ३० बजे हुनेछ । नेपालका प्रशिक्षक हरिओम श्रेष्ठले थाइल्याण्ड बलियो प्रतिद्वन्द्वी भए पनि अंक खोस्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्न लागेको बताए ।
मंगलबार भएको पि्र-म्याच कन्फ्रेन्समा उनले भने ‘थाइल्याण्ड धेरै बलियो टिम हो । तर, हामी बराबरी खेल्दै अंक खोस्छौं । डिफेन्सलाई ध्यानमा राखेर काउन्टर एट्याक गर्ने लक्ष्य बनाएका छौं ।’
नेपालकी कप्तान सरु लिम्बु प्रशिक्षकको रणनीतिअनुसार होसियारीपूर्वक खेल्ने बताइन् । समूह बी मा नेपालसँगै आयोजक थाइल्यान्ड, पाकिस्तान, भारत र सिंगापुर छन् ।
प्रतिक्रिया 4