+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लैनचौरका डान्स बारबाट ३५ बालबालिकाको उद्दार, ३ सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १०:०४

२८ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अन्डर एज’ मार्फत ३५ जना बालबालिकालाई उद्दार गरेको छ ।

नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत पक्राउ गरिएको छ ।

लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो ।

वृत्तका प्रमुख डीएसपी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदार र यौनजन्य क्रियाकलापमा प्रयोग गरिएको भेटिएको थियो । ‘काठमाडौं प्रहरी परिसरमार्फत बालबालिकाको उद्दार गर्ने अभियान नै हामीले चलाएका छौं’, केसीले अनलाइनखबरसँग भने, ‘अभियानलाई तीब्रता दिँदै जान्छौं ।’

उनले काठमाडौंका अन्य क्षेत्रमा पनि यो अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?