+
+
Shares

जडिबुटीबाट रिभल्वरसहित २ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १७:३८

३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले एउटा घरेलु रिभल्वरसहित दुर्इ जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-३ का २७ वर्षीय भुवन परियार र २७ वर्षीय मनपरन चौधरी छन् ।

उनीहरू जडिबुटी ढुङ्गेधारामा बस्दै अाएका थिए । वृत्तका अनुसार उनीहरूलार्इ रिभल्वरसहित नियन्त्रित लागूऔषध नाईट्राभेट ५६ एम्पुल र मोबाईल २ थानसहित पक्राउ गरिएको हो ।

त्यहाँ ड्यूटीमा खटिएको प्रहरीले ज ११ प ४८६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलार्इ भेट्टाएको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?