+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सीआईबीको ‘स्टिङ अपरेशन’ मा १२ कछुवासहित एक जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १९:११

३ मंसिर, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १२ वटा जीवित कछुवासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–२ का १८ वर्षीय रशिक श्रेष्ठ छन् । उनलाई सोमबार ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।

स्रोतका अनुसार उनले बयानमा आफूलाई एक व्यक्तिले त्यो कछुवा विक्री गरेको बताएका छन् । उनले ३० देखि ३५ हजार रुपैयाँप्रति गोटासम्ममा कछुवा विक्री हुने गरेको समेत जनाएका छन् ।

श्रेष्ठले स्वदेशमै कछुवा खरिद गरेको दाबी गरे पनि प्रहरीले विश्वास गरेको छैन ।

‘हत्केलामै अट्न सक्ने किसिमको यो कछुवा नेपालमा देखिएको थिएन’, एक अधिकारीले अनलाइनखबरसँग भने, ‘नेपाल बाहिरबाटै मगाइएको हुनसक्छ ।’

सीआईबीको ‘स्टिङ अपरेशन’ मा परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला वन कार्यालयमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरीले बताए ।

तर, वन कार्यालयमा बुझाएसँगै श्रेष्ठमाथि थप अनुसन्धानमा हुनेमा अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।

‘यसअघिका घटनाहरु वन कार्यालयमा पुगेपछि थप फलोअप हुने गरेका छैनन्’, एक अधिकारीले भने, ‘यो केशमा पनि त्यस्तै नहोला भन्न सकिन्न ।’ घरपालुवा जनवारकै रूपमा पाल्न कछुवाको प्रयोग हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?