+
+
Shares

डडेल्धुरा बस दुर्घटना अपडेट : मृतक १८ जनाकै सनाखत (नामसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १०:१६

डडेल्धुरा, मंसिर ७ । डडेल्धुरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका सबै १८ जनाको सनाखत भएको छ । डा.केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ कि ३५ वर्षीया सशी विक, शिखर नगरपालिका ११ कि २५ वर्षीया गोपा भाट, २४ वर्षीय पदम विक, वडा नं ८ का ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल, वडा नं १० का १६ वर्षीय रोहित बलायर, १५ वर्षीय सागर बलायर, वडा नं ७ का २२ वर्षीय योगेन्द्र बोहरा र २४ वर्षीय शंकर जोरा, शारदा राउत, कैलालीको हसुलिया ३ बस्ने २८ वर्षीय नारायण चौधरी रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए ।

त्यस्तै डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, २० वर्षीय तिलक खाती, १७ वर्षीय टेक धामी, वडा नं ४ कि १८ वर्षीय माया रावल, कैलालीको गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायत, २० वर्षीया शारदा कडायत, सोही नगरपालिका–२ कि २१ वर्षीय केशव कडायत रहेका छन् ।

दुर्घटनामा परी २७ जना घाइते छन् । घाइतेमध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ७ जनालाई कोहलपुर पठाइएको छ । अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो । बसमा ४५ जना यात्रु सवार रहेका प्रहरीले बताएको छ । बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?