Comments Add Comment

शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते

९ मंसिर, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका-११ मा रहेको बाल माध्यामिक विद्यालय झाप्राका शिक्षक पृथ्वीबहादुर सिंहले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् ।

रजिस्टेशन र्फमको विषमा शिक्षक सिंहले कक्षा ९ मा अध्ययनरत छात्र शेरबहादुर बस्नेतलाई कुटपिट गरी रक्ताम्य बनाएका हुन् ।

विद्यालयका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटका अध्यक्षसमेत रहेका शिक्षक सिंहले विद्यालयमा अनुपस्थित भएको भन्दै कुटपिट गरेको पीडित विद्यार्थी शेरबहादुरले बताएका छन् ।

शेरबहादुरले छेडागाड नगरपालिका-५ मा रहेको प्रहरी चौकी बडाबनमा शिक्षक सिंहविरुद्ध उजुरी दिएका छन् ।

तर, शिक्षक सिंहले परिवारसँगको छलफलपछि घटना मिलिसकेको बताए । ‘हाजिरी नपुगेकोले फारम भर्न हुन्न भन्दा झर्किएपछि एक झापड हानेको हुँ । कुरा मिलिसक्यो,’ शिक्षक सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment