+
+

जिन्दगी जिउनका लागि ७ आयुर्वेदिक तरिका, बुढ्यौलीसम्म राख्छ स्वस्थ्य

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १५:५०

आयुर्वेद विज्ञानको पारम्पारिक तरिकाले दिनको सुरुवात गर्ने हो भने, दिनभर उमंगमय भाव जाग्नेछ । उर्जा र उत्साह जाग्नेछ । आयुर्वेद अनुरुप दिनचर्या पद्धती अपनाउने अभ्यास गरियो भने, त्यसबाट स्वास्थ्यमा पर्ने प्रभाव प्रत्यक्ष अनुभूत गर्न सकिनेछ ।

सूर्योदयसँग उठौं

आयुर्वेदले भन्छ, ‘दिनको सुरुवात सूर्योदयअघि गर्नुहोस् । नभए पनि सूर्योदयसँगै ओछ्यान छाड्नुपर्छ । यसरी उठ्दा पुरा दिन सही ढंगले म्यानेज गर्न सकिनेछ । बिहानको ताजा हावाले शरीरमा स्फूर्ति दिलाउँछ ।

बिहानको नित्यकर्म

बिहान उठ्नसाथ सबैभन्दा पहिला नित्यकर्म सक्नुपर्छ । यसले पाचन प्रणाली सञ्चालन हुन्छ र रातभर जम्मा भएको विषाक्त तत्व शरीरबाट बाहिर निस्कन्छ ।

पेट सफा गरेपछि नाकलाई ठिक डंगले सफा गर्नुपर्छ, ताकि शरीरमा राम्ररी अक्सिजन आपूर्ति होस् । साथसाथै नाडी पनि सफा होस् । नाक नाडीका बाटो हो । अब जिब्रोलाई सफा गरौं । यसमा पनि धेरै ब्याक्टेरिया रहेको हुन्छ ।

हरेक विहान योग

ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम वा योग गरौं । यसले शरीरलाई नयाँ उर्जा दिनका साथै रक्त संचार पनि राम्ररी हुन्छ । यदी खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म लामो लामो सास लिने हो भने श्वास सम्बन्धी समस्या हट्छ ।

फोक्सोलाई पूर्ण रुपमा खुला राख्न र शुद्ध वायु ग्रहण गर्नका लागि शुद्ध वायु लिनु र भरपुर मात्रामा अक्सिजन ग्रहण गर्नका लागि गहिरो सास लिनुपर्छ । सास लिइरहँदा त्यही प्रक्रियामा ध्यान केन्दि्रत गर्नु अझ उत्तम हो ।

कागती पानी पिउनुहोस्

व्यायामपछि दिनको सुरुवात कागती पानी वा अदुवा चियाबाट गर्नुपर्छ । यसले शरीरलाई भित्रैबाट सफाई गर्छ । साथसाथै भिटामिन सि पनि प्राप्त हुन्छ । अझ कागती पानीमा मह मिसाउने भने थप राम्रो हुन्छ । यद्यपी ध्यान राख्नुपर्ने कुरा के भने, मनतातो पानी भए त्यसले पाचन प्रणाली सही ढंगले सञ्चालन हुन्छ । कागतीमा रहेको एन्टिअक्सिडेन्टले छालाको कोशिकालाई सुरक्षित राख्छ । साथसाथै छालालाई अल्ट्राभाइलेट किरणबाट जोगाउँछ ।

स्वस्थ्य ब्रेकफास्ट

आयुर्वेद अनुसार बिहानको नास्ता अनिवार्य मानिन्छ । बिहान शरीरको मेटाबोलिज्म स्तर उच्च हुन्छ, त्यसैले जब स्वास्थ्यवर्द्धक खानेकुरा खाइन्छ, त्यो दिनभरको लागि उर्जामा रुपान्तरण हुन्छ । यसले गर्दा दिनभर उर्जावान् अनुभूत गर्न सकिनेछ । शरीर सञ्चालनका लागि त्यसको खास रेखदेख पनि आवश्यक हुन्छ । यदी बिहान नास्ता गरिएन भने एकाग्रतामा कमी आउँछ ।

अभयंग मजास

अभयंग मसाज एक प्रकारको आयुर्वेदिक मसाज हो । अभयंग मसाजले शारीरिक वा मानसिक स्वास्थ्यमा लाभ मिल्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । रक्तसंचार ठिक हुन्छ । जाडोमा न्यानो दिलाउँछ । शरीरका विषाक्त पदार्थ बाहिर निकाल्छ । अनिन्द्रको समस्या हटाउँछ । पुरा दिन उर्जावान बनाइराख्छ ।

स्वय्मका लागि समय

बिहानको समय नितान्त आफ्नो लागि निकाल्नुपर्छ, ताकि मस्तिष्कमा राम्रो बिचारको आगमन होस् । यसका लागि आँखा बन्द गरेर सकारात्मक भावलाई गहिराईसम्म सम्झने प्रयास गर्नुपर्छ । मनमनै आफ्नो क्षमता, खुबीको तारिफ गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?