Comments Add Comment

पेट फिट त स्वास्थ्य ठिकः यसरी बन्छ रोगमुक्त शरीर

व्यस्त जीवनशैली र अस्वस्थकर खानपानको कारण किशोर र युवाहरुमा पेटको अल्सरको समस्या तिव्ररुपमा बढेको छ ।

मानिसको स्वास्थ्य ठिक छ भने नै सबैकुरा ठिक हुन्छ । त्यसैले स्वस्थ रहेर सुखी जीवन जिउनको लागि आफ्नो जीवनशैलीमा थोरै सुधार गर्नुपर्छ । स्वस्थ र सन्तुलित भोजन गर्ने, नियमित व्यायाम गर्ने, शारीरिक श्रम गर्ने, पर्याप्त निन्द्रा लिने गर्नुपर्छ ।

त्यस्तै तपाईंंमा मदिरा सेवन गर्ने र धुम्रपान गर्ने जस्ता नराम्रो बानी छ भने आजै यस्तो बानी त्यागिदिनुहोस् । आफूमा सकरात्मक सोचको विकास गर्नुहोस् ।

स्वस्थ रहनको लागि धेरै मेहनत गर्नु  पर्दैन, अस्वस्थकर आनीबानी त्यागेर राम्रो बानीहरु अपनाएमा पुग्छ ।  स्वस्थ रहनको लागि हामीले हाम्रो शरीरमा लाग्न सक्ने रोगहरु, यसका निदान र शरीरलाई चाहिने पौष्टिक तत्वहरुको बारेमा पनि थाहा पाउनुपर्छ ।

त्यसैले आज हामी केही स्वास्थ्य समस्याको बारेमा कुरा गर्न गइरहेका छौं जसको बारेमा थाहा पाएर पनि आफूलाई स्वस्थ बनाउन सक्नुहुन्छ ।

१. पेट स्वस्थ छ भने तपाईं फिट हुनुहुन्छ

पेटमा ग्यास वा एसिडिटीको समस्या भएमा यसले मानिसको पुरै रुटिनलाई अस्तव्यस्त गरिदिन्छ । पेट दुख्ने, पोल्ने र सुन्निने समस्या, टाउको दुख्ने वा उल्टी हुने जस्ता समस्या सुन्नमा खासै गम्भिर रोग जस्तो नलागे पनि यसबारे सचेत हुनुपर्छ ।

विशेषगरी यस्ता लक्षण त्यतिखेर देखिन्छ जब पेटमा अल्सरको समस्या हुन्छ । जीवनशैली र खानपानमा परिवर्तनको स्वरुप अहिलेका किशोरकिशोरी र युवाहरुमा पेटको अल्सरको समस्या तिव्ररुपले बढीरहेको छ । सामान्य भाषामा भन्ने हो भने पेटमा घाउ वा फोरा पर्नुलाई पेप्टिक अल्सर भनिन्छ ।

के हो पेप्टिक अल्सर ?

पेटमा म्युकसको एक चिल्लो पत्र हुन्छ जसले भेटको भित्री पत्रलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट बचाँउछ । यो एसिडको विशेषता भनेको यो पाचनको लागि आवश्यक हुन्छ तर यहि एसिड शरीरका अन्य तन्तुको सिधा सम्पर्कमा आएमा त्यसले नोक्सान पनि हुन्छ ।

यो एसिड र म्युकस पत्रको बीचमा तालमेल हुन्छ । यो तालमेल बिगि्रएपछि अल्सर हुन्छ । व्यक्तिमा शारीरिक वा भावनात्मक तनाव पहिलेदेखि नै छ भने यसले पेप्टिक अल्सरलाई बढाउन सक्छ ।

त्यस्तै केही औषधिको लगातार प्रयोग जस्तो दुखाई निवारक औषधिको कारणले पनि अल्सर हुन सक्छ । सामान्य रुपमा अल्सर नली पेट र सानो आन्द्राको माथिल्लो भागको झिल्लीमा हुन्छ ।

अल्सरको कारण एच पायलोरी ब्याक्टेरिया

पेप्टिक अल्सरको सबैभन्दा प्रमुख कारण एच पायलोरी ब्याक्टेरिया हो । खानपान र पेटमा एसिड बन्नाले मात्रै पेप्टिक अल्सर हुँदैन बरु यसको लागि एच पायलोरी ब्याक्टेरिया पनि दोषी छ ।

यो ब्याक्टेरिया दिशा र फोहोर पानीबाट फैलन्छ । शारीरिक सक्रियता कम हुने र रोग प्रतिरोधी तन्त्रमा हुनेवाला परिवर्तन पनि यो ब्याक्टेरिया बनाउन सहायक हुन्छ । धेरै तारेका चिल्लो र मसालेदार खानाको साथै चिया कफीको धेरै सेवन गर्नाले पनि पेटमा एसिडको स्तर बढाउँछ ।

अल्सरको लक्षणमा एसिडिटी हुने, पेट फुल्ने, ग्याँस बन्ने, पखाला लाग्ने, कब्जियत, वान्ता हुने आदि प्रमुख हुन ।

पेप्टिक अल्सर भएमा श्वासप्रश्वासमा पनि समस्या हुन्छ । पाचनमा समस्याको कारण कहिलेकाँही एसिड आहारनलीमै आउँछ । जसले टाउको दुख्ने र दुखाई महसुस हुन्छ र यस्तो लाग्छ कि मुटु सम्बन्धी कुनै रोग लागेको छ । यसको असर घाँटी, दाँत, श्वास आदिमा पर्न थाल्छ ।

समयमै उपचार गर्नु जरुरी

पेप्टिक अल्सरको कारण एनिमिया, दिशा गर्दा रगत आउने हुन्छ र लामो समयसम्म अल्सर निको नभएमा पेटको क्यान्सरको आशंका पढ्छ । आन्तरिक रक्तश्राव हुने कारणले शरीरमा रगतको कमी हुन्छ ।

पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्छ जसले आन्द्रामा गम्भिर संक्रमणको खतरा बढ्छ । पेप्टिक अल्सरले पेटको तन्तुहरुलाई पनि क्षतिग्रस्त गर्न सक्छ जसले पाचन मार्गमा भोजन प्रवाहमा बाधा पुर्‍याउँछ यसै कारण पेट छिटै भरिने उल्टी हुने र तौल कम हुने समस्या हुन्छ ।

के नगर्ने ?

-पेप्टिक अल्सरबाट बच्न छ भने धुम्रपान नगर्नुहोस् ।

-तमाखुयुक्त पदार्थबाट टाढै रहनुहोस् ।

-मांसाहार, क्याफिन तथा मदिराको सेवन नगर्नुहोस् ।

-चिल्लो, पिरो र मसालेदार भोजबाट बच्नुहोस्

२. शरीरमा हुन नदिनुहोस् आइरनको कमी

 

पेट सफा हुँदैन ? यस्तो छ सजिलो उपचार

दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो ।

तर, धेरैको समस्या के हुन्छ भने, दिसा गर्न गाह्रो हुने । बिहान शौच क्रियामा बसेपनि पेट सफा हुँदैन । यसले पेट भद्दा हुने मात्र होइन, रोग पनि निम्त्याउँछ । कब्जियत हुनुको पछाडि यस्तै कारण लुकेका हुन्छन् ।

त्यसैले मल त्याग गरिसकेपछि पेट सफा हुनु जरुरी छ । विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो । यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन । खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ । यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ । यसका अलावा दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।

अन्य उपाय

अमलाको धुलो

दैनिक सुत्नुभन्दा अगाडि एक चम्चा अमला पाउडर सेवन गरेर अपचको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक तपाईं त्रिफला चुर्ण पनि लिन सकिन्छ ।

सुप

खाना खाएपछि सुप सेवन गर्दा पनि धेरै फाइदा मिल्छ । यसले आन्द्रालाई राम्ररी सफा गर्छ । यसको सेवनबाट पेट सँधै सफा रहन्छ । साथै पेटमा ग्यास जम्मा हुन पाउँदैन ।

मोही

मोहीमा औषधीय गुण रहेको हुन्छ । खाना खाएपछि पानी पिउनुको साटो मोही पिउनुपर्छ । यसबाट बिहानको समयमा पेट बिल्कुल सफा हुन्छ । यसको सेवन बिहानको खानापछि गर्नु राम्रो मानिन्छ ।

सलाद

पेट सफा नहुने समस्या भोगिरहेका व्यक्तिहरुले बढिभन्दा बढि सलाद सेवन गर्नुपर्छ । सलादमा मुला, गाजर, टमाटर, चुकन्दर, काँक्रो आदि हाल्न सकिन्छ । यसमा फाइबरको मात्रा धेरै हुन्छ जसले आन्द्रालाई राम्ररी सफा हुन्छ ।

पानी

ध्यानमा राख्नुपर्ने कुरा के हो भने खाना खाने क्रममा कहिल्यै पनि पानी पिउनु हुँदैन । आयूर्वेदका अनुसार खानासँगै पानी पिउनु हानिकारक हुन्छ । जहिले पनि खाना खाएको ४० मिनेटपछि पानी पिउनुपर्छ । यसले पाचनयन्त्र ठिक हुन्छ । खाना पनि सजिलै पच्छ । यसका अलावा दिनभरी पटक पटक पानी पिइरहनु पर्छ ।

बज्रासन

यसले आमाशय, पेट र गर्भाशयको पांसपेशीहरुलाई शक्ति प्रदान गर्छ । हर्नियाका रोगीहरुलाई यो आसन अत्यन्त प्रभावकारी हुन्छ । वजनलाई कम गर्न र शरीरलाई सुडौल बनाउन पनि यो आसनले मद्दत गर्छ ।

यसरी गरौं बज्रासन

खाना खाएपछि चकटी ओछ्याएर बसौं । दुवै घुँडालाई मोड्ने र हत्केलाको बलले बस्नुपर्छ । दुवै खुट्टाका औंलाहरु आपसमा मिलेको हुनुपर्छ र कुरकुच्चामा अलिकति दूरी हुनुपर्छ । शरीरको पूरै भार खुट्टामा सार्ने । बज्रासन गर्ने क्रममा कम्मरलाई एकदम सिधा राख्नुपर्छ । यही अवस्थामा दस मिनेट बस्ने र लामो-लामो सास लिनुपर्छ । बज्रासनको दौरान शरीरको मध्यभागमा सबैभन्दा बेसी दवाव पर्छ । यसबाट पेट तथा आन्द्रामा हल्का दबाब पर्छ जसले गर्दा कब्जियतको समस्या हट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment