+
+
Shares

विष्णुपुरको एउटा वडा बालविवाहमुक्त घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १२:४९

२८ मङ्सिर, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका-७ वडालाई बिहीबार बालविवाहमुक्त घोषणा गरिएको छ । गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नं ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

जम्मा ५१० घरधुरी रहेको यस वडामा यस आवको अहिलेको अवधिसम्ममा नौवटा विवाह भएको र त्यसमध्ये एउटा मात्र बालविवाह भएको थियो । घोषणासभामा वडाध्यक्ष विन्देश्वर साहले २० वर्षभन्दा मुनिका महिलाको प्रजनन अङ्ग पूर्णरूपमा विकसित नहुने र यस्तो अवस्थामा विवाह गर्दा जन्मिने बच्चा र आमाको ज्यान जोखिमपूर्ण हुने बताउनुभयो । कानूनले नै २० वर्षभन्दा कम उमेरको विवाहलाई बालविवाह भन्दै रोक लगाएको छ ।

वडा नं ७ मा बालविवाह गर्नेलाई गाउँपालिकाबाट दिइने सेवा सुविधाबाट बञ्चित गर्ने र उसको घरका सदस्यले पाउने वृद्ध भत्ता र शैक्षिक छात्रवृतिसमेत बन्द गरिने वडाध्यक्ष साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?