Comments Add Comment

ट्याङ्कर सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम

४ पुस, विराटनगर । नेपाल आयल निगम विराटनगरमा इन्धन ओसारपसार गर्ने ट्याङ्करहरु सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

ट्यांकरका लागि आवश्य पार्किङस्थल नभएपछि लामो सययदेखि सडकमै अव्यवस्थित पार्किङ गर्नुपर्दा पैदल यात्रु र अन्य सवारी साधनलाई अझ बढी असहज भइरहेको छ ।

विराटनगर महानगरपालिकास्थित नेपाल आयल निगमको प्रदेश कार्यालय अगाडिको सडकमा जथाभावी तेलका ट्याङ्कर र ग्यासका बुलेटहरु पार्किङ गरिदै आएको छ ।

कोशी राजमार्ग अन्तर्गत कन्चनबाडी चोकदेखि ढाटसम्मको करिब २ किलोमिटर सडकखण्डमा पर्ने आयल निगमको कार्यालय परिसरबाहिर इन्धनका ट्याङकर पार्किङ गर्दा समस्या उत्पन्न हुँदै गएको छ ।

सडकमा व्यवस्थित पार्किङ गर्दा अन्य सवारी साधनहरुलाई दुर्घटनाको जोखिम बढेको हो ।

दिनानुदिन सवारी साधन बढेसँगै इन्धन प्रयोगकर्ताको चाप पनि बढ्दो छ। यसका कारण इन्धन भण्डारण गरिराख्न निगमको भूभाग कम हुँदै गएको छ ।
भारतीय आयल निगमबाट इन्धन ल्याउने ट्यांकरको पार्किङ समस्याले स्थानीयदेखि लामो तथा छोटी दुरीका सवारी चालक मर्कामा परेका छन् ।

हाल निर्माण भइरहेको ६ लेनको सडकखण्डमा पनि ट्याङ्करलाई सडक किनारमा राखिँदै आएको छ । यसका कारण सडक दुर्घटना पनि बढ्दै गएको छ ।

स्थानीयले पनि सडक खाली गराउन पटकपटक जनगुनासो गरेपनि सडक खाली गर्ने योजना योजनामै सिमित बन्दै आएको छ ।

पेट्रोलियम ढुवानी व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष गुणराज निरौलाले ट्याङ्करहरुको चाप बढी भएकाले पार्किङस्थल सागुरो हुँदा सडकमा पार्किङ गर्नु पर्ने बाध्यता रहेको बताए ।

उनले भने, ‘इन्धन बोक्ने ३ सय ९७ ट्याङ्कर रहेका छन, आयल निगममा रहेको पार्किङमा ६० देखि ६५ वटासम्म ट्याङ्कर मात्र अट्ने अबस्था छ, यस्तो हालमा सडकमै पार्किङ गर्नुको बिकल्प छैन ।’

आयल निगमको कार्यालयले भने पार्किङका लागि जग्गा व्यवस्थापन गर्न तुरुन्तै कार्यदल बनाएर काम थाल्ने जनाएको छ । डिपोको छेउमा जग्गा लिजमा लिएर पार्किङको व्यवस्था गर्न जग्गाका खोजी भइरहेको नेपाल आयल निगमका प्रदेश नम्बर १ प्रमखु दिनेश कुमार यादवले बताए ।

उनले निगम आसपासको क्षेत्रमा पार्किङका लागि आवश्य जग्गा खोजी भइरहेको बताए । जग्गा खोजी गर्ने कार्यमा निगम जुटेको छ प्रमुख यादवले भने, ‘यो मस्या अब धेरै लामो समयसम्म रहँदैन ।’

उनले पार्किङका लागि आवश्य जग्गा नहुँदा सडकमै पार्किङ गरिएको बिषयमा सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, मालपोत कार्यालयलाई जानकारी गराइसकेकाले पनि यो बिषय चाडै सावाधान गर्न तर्फ निगम लागेको जानकारी दिए । अति प्रज्वलनशील पदार्थ बोक्ने साधन अलपत्र राख्दा आगालागीको जोखिम पनि उत्तिकै हुने गर्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार गत साउन महिनादेखि हालसम्म यस सडकखण्डमा ७ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कम्तीमा ७५ जना मानिस दुर्घटनाको सिकार भइसकेका छन्। साता दिनभित्र यहाँ तीनवटा सडक दुर्घटना भइसकेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिए ।

साढे चार विगाह क्षेत्रफलमा फैलिएको निगममा विभिन्न मापदण्डका चारवटा भर्टिकल ट्याङक रहेका छन् । यहाँ ५ सय ६० किलोलिटर पेट्रोल, ८ हजार ९ सय १० किलोलिटर डिजेल, २ हजार १७० किलोलिटर मट्टतिेल र २८० किलोलिटर जेटएको इन्धन भण्डारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment