+
+

मेलम्चीका ठेकदारको धरौटी रोक्का नगर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ६ गते २१:२८

६ पुस, काठमाडौं । बीचैमा काम छाडेको मेलम्ची आयोजनाको ठेकदार कम्पनीको धरौटी रकम रोक्का नगर्न सरकारलाई अदालतले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनले मेलम्ची आयोजनाको इटालियन ठेकेदार कोपराटिभा एण्ड सेमेन्टिस्टी सीएमसीडी रभिनाको धरौटी रकम रोक्का नगर्न सरकारलाई आदेश दिएको हो । इटालियन कम्पनीले एकतर्फी रुपमा काम छाडेर हिँडेपछि खानेपानी मन्त्रालयले उक्त कम्पनीको नेपाल इन्भेस्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकमा रहेको धरौटी रकम रोक्का गरेको थियो ।

खानेपानी मन्त्री विना मगरले बिहीबार संसदको अर्थ समितिको बैठकमा इटालियन ठेकेदारले काम छाडे पनि धरौटी रकम रोक्का गरेकाले आर्थिक रुपमा घाटा नलाग्ने प्रतिक्रिया दिएकी थिइन् ।

बिहीबारै उच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले ठेकेदार कम्पनीको धरौटी रोक्का नगर्न अन्तरिम आदेश दिई दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यस्तै अदालतले धरौटी रकम रोक्का गर्नुको कारणसमेत सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?