Comments Add Comment

हुसेन हत्याकाण्ड : एक आरोपी सार्वजनिक गर्दै प्रहरी

२५ कात्तिक, काठमाडौं । सुनसरीको दुहबीका व्यावसायी मोहम्म फिदा हुसेनको हत्यामा संलग्न एक जनालार्इ प्रहरीले पक्राउ गरेको छ । गत ५ मंसिरमा जय बाबा इँटा उद्योगका सुपरभाइजर उनको गोली हानी हत्या गरिएको थियो ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका एक अधिकारीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने, ‘यहाँ हामीले ल्याइसकेका छौं । पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।’

यसअघि घटना भएलगत्तै विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शन गर्दै स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका थिए । उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरेका थिए ।

यो पनि पढ्नुहोस हुसेन हत्या प्रकरणः ६ जना पक्राउ, सीआईबीको टोली पनि पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment