Comments Add Comment

अखिल क्रान्तिकारीका सचिवमाथि कुटपिट गरेको आरोपमा एक पक्राउ

९ माघ, काठमाडौं । प्रहरीले तत्कालिन नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका सचिव नारायण खनालमाथि कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका संग्राम लामा छन् ।

संग्राम गुन्डा निमा लामाका सालो एवं माओवादी समर्थक नै हुन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काँडाघारीबाट पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार लामालाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा पठाइएको छ ।

गत सोमबार बेलुकी अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयबाट फर्किंदै गर्दा लामाले कुटपिट गरेको भन्दै खनालले उजुरी दिएका थिए । पक्राउ परेपछि बयान दिने क्रममा लामाले आफूले हेलमेटले हानेको स्वीकारेका छन् । यद्यपि, कुटाइ खाने को थियो भन्ने नचिनेको उनले बताएका छन् ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment