+
+
Shares

डेढ लाख बुझेपछि बालिका छाडेर भागे अपहरणकारी, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १२ गते ३:३०

११ माघ, काठमाडौं । थापाथलीस्थित प्रसुति गृहकी चिकित्सक डा. बबिता शाहकी छोरीको अपहरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ की अर्चना गुप्ता र बाबु श्रेष्ठ छन् । उनीहरुलाई जनकपुर प्रहरीले पक्राउ गरेको त्यहाँस्थित अनलाइनखबर संवाददाता विक्रम रौनियारले बताए ।

शाहकी छोरी २ वर्षीया सन्दिज्ञा कर्णको शुक्रबार बिहान घरबाटै जनकपुरका मनिषकुमार गुप्ताले अपहरण गरेका थिए । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार परिवारका सदस्यहरुले १ लाख ५० हजार रुपैयाँ जनकपुरस्थित गुप्ताकी श्रीमती समक्ष पठाएपछि बालिकालाई छाडिएको थियो ।

घटना सतहमा आएलगत्तै अपहरणकारी गुप्ताले भने बमोजिम मनी ट्रान्फरमार्फत रकम जनकपुर पठाइएको थियो ।

यो पनि पढ्नुस्, काठमाडौंमा फेरि बालिका अपहरित, ७ घन्टापछि उद्दार

यसअघि अपहरणकारीले दुई लाख ५० हजार रुपैयाँ मागेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताएका थिए ।

डा. शाह र अपहरणकारी गुप्ताबीच लेनदेनको विवाद रहेको पनि प्रहरीले जनाएको छ । जनकपुरका एसपी गोविन्द थपलियाका अनुसार काठमाडौं प्रहरीबाट प्राप्त सूचनाका आधारमा दुई जनालाई घरबाटै पक्राउ गरिएको हो ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अपरणकारी गुप्ताको खोजीमा पनि काठमाडौंमा प्रहरी परिचालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?