
१६ माघ, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुबाट खटिएको प्रहरी टोलीले बौद्धमा सञ्चालित जुवाको खालमा छापा मारेको छ ।
बुधबार साँझ छापा हानेर ९ जना स्थानीय व्यवसायीलाई पक्राउ गरिएको हो ।
परिसरका डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार जोरपाटीस्थित चपुर खाजा घरभित्र उनीहरु जुवा खेलिरहेका थिए । पक्राउ पर्नेहरुको नाम हाल सार्वजनिक गरिएको छैन ।
प्रहरीका अनुसार उनीहरुको साथबाट ८० हजार ४५ रुपैयाँ बरामद भएको छ । थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4