२ फागुन, चितवन । चितवनको भरतपुरमा प्रदेश ३ स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
यही फागुन ६ गते भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले आज -बिहीबार) भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जनानकारी गराए ।
अध्यक्ष लामाका अनुसार प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता हुन लागेको हो । चितवनमा एथलेक्टिस र उसु खेल हुनेछ । अन्य खेलहरु प्रदेश ३ कै विभिन्न जिल्लामा आयोजना हुनेछन् ।
प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि प्रदेशस्तरमा खेलहरु हुन लागेको हो ।
प्रतियोगिता अन्तर्गत पुरुष फुटवल नुवाकोटमा, महिला फुटवल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, बास्केटवल, टेवलटेनिस, लङ टेनिस काठमाडौंमा हुने अध्यक्ष लामाले जानकारी दिए ।
प्रतिक्रिया 4