Comments Add Comment

कुवेतलाई नेपालले हरायो, रुबिनाको ह्याट्रिक

१५ फागुन, काठमाडौं । उमन्स टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो ।

नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा हिँडिरहेको नेपालको ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए । उनीहरुले ३३ रनको साझेदारी गरे । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए ।

ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर सीता राना मगर २ बलर खेलेर खाता नखोली आउट हुँदा नेपाल ६ रनको स्थितिमा थियो । त्यसपछि नेपालले नियमित विकेट गुमाउँदै गयो । तर, रुबिना र नेरीले छैटौं विकेटका लागि बलियो साझेदारी गरेर सम्मानजनक स्कोर खडा गरे ।

कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २-२ विकेट लिएका थिए ।

सामान्य लक्ष्य पछ्याउने क्रममा कुवेतले राम्रो सुरुवात गरेको थियो । एक समय १ विकेटमा ६३ रन बनाएको कुवेतले रन रेट उकास्न नसक्दा दवावमा पर्‍यो । त्यसपछि ठूला सट खेल्ने चक्करमा लगातार विकेट गुमाउन पुग्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक पुरा गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment