
१६ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ ।
बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरुलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थनसम्म सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ल्याइएको थियो । लगत्तै, शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको हो ।
ती शवहरुमध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै सनाखत भएको छ । अन्यको पहिचानका लागि डीएनए परीक्षण हुन सक्ने सम्भावना छ ।
हाल अस्पतालमा ज्यान गुमाउने मन्त्री अधिकारी, पीएसओ घिमिरेसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यान प्राधिकारणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीका परिवारजन, आफन्त र शुभचिन्तकको भीड छ ।
पोस्टमार्टमपछि मन्त्री अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका टुँडिखेलमा राखिनेछ ।
यो पनि पढ्नुहोस्
पाथीभराबाट उडेको एक मिनेटमै दुर्घटना भएको थियो हेलिकोप्टर
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय
पर्यटनमन्त्रीसहित दुई जनाको मात्र शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने
मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति टुँडिखेल आउने
मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा
मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा,विहीबार सार्वजनिक विदा
प्रतिक्रिया 4