
१६ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् ।
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ ।
राष्ट्रपति भण्डारीले टुँडिखेलमा आई मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्
पाथीभराबाट उडेको एक मिनेटमै दुर्घटना भएको थियो हेलिकोप्टर
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय
पर्यटनमन्त्रीसहित दुई जनाको मात्र शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने
हेलिकोप्टर दुर्घटना प्रकरण : ७ जनाकै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा
मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा
मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा,विहीबार सार्वजनिक विदा
प्रतिक्रिया 4