
१६ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ ।
यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।
तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ । चिकित्सकहरुका अनुसार सातै जनाको पोष्टमार्टम सकिने ४/५ घन्टा लाग्छ ।
यो पनि पढ्नुहोस्
पाथीभराबाट उडेको एक मिनेटमै दुर्घटना भएको थियो हेलिकोप्टर
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय
पर्यटनमन्त्रीसहित दुई जनाको मात्र शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने
हेलिकोप्टर दुर्घटना प्रकरण : ७ जनाकै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा
मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा
मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा,विहीबार सार्वजनिक विदा
प्रतिक्रिया 4