+

काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्ध

२०७५ फागुन  २३ गते १८:२५ २०७५ फागुन २३ गते १८:२५
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्ध

२३ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ ।

डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।

डीपीएलका आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले कप्तान मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको बताए । उनले भने, ‘टेक्निकल कमिटीले गरेको निर्णय सबैले मान्नु नै पर्छ ।’

डीपीएलको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडबीचको खेल बहिस्कार गरेको थियो । आफ्ना खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौं गोल्डेन्सले प्रतियोगिता नै बहिस्कार गरेको थियो ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय