
१३ चैत, बुटवल । बुटवलको मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मैनाबगरको ज्योती इन्जिनियरिङ वर्कसपमा काम गर्ने अन्दाजी ४० वर्षका फिरोज खान रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।
वर्कसपमा काम सकेर डेरामा जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । कसले किन गोली चलाएको भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।
गोलि प्रहाराबाट घाइते भएका खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4