+
+
Shares

उर्जामन्त्रीले भने : एशियाबाहिर पनि विजुलीको बजार खोज्दैछौं

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते ३:००

१५ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वषर्ामान पुनले नेपालले एशियाली बाहेक अन्य मुलुक पनि विद्युत बजार खोजिरहेको बताएका छन् ।

‘हामी सार्क मुलुकमा मात्रै होइन, अन्य देशहरुमा पनि विद्युत बजार खोजिरहेका छौं’, उनले भने ।  शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै अन्तरदेशीय प्रसारण लाइन सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

आगामी पाँच वर्षमा नेपालका शतप्रतिशत जनतामा विद्युत पुग्ने भन्दै मन्त्री पुनले मुख्य उद्देश्य नै उर्जामा निजी लगानी भित्र्याउने भएको बताए ।

अबको केही वर्षमा नेपालको विद्युत उत्पादन बढ्दै जाने भएकाले वाहृय बजारको खोजि भइरहेको उनले बताए ।  आन्तरिक माग पूर्ति भएपछि विद्युत निर्यात गर्नेगरी छिमेकीसहित अन्य मुलकमा पनि नेपालले छलफल अघि बढाइरहेको उनको भनाइ छ ।

आर्थिक रुपान्तरणका लागि नेपालको उर्जा क्षेत्र महत्वपूर्ण भएको उनको भनाइ छ । ‘यसले समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न मद्दत गर्छ’, मन्त्री पुनले भने ।

आजबाट होटल शोल्टीमा शुरु भएको सम्मेलन भोलि पनि जारी रहनेछ ।  सम्मेलनमा ४० देशका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ता सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?