Comments Add Comment

‘हृदयभरी’मा ‘मिस नेपाल’को सुटिङ

चलचित्र ‘हृदयभरी’को छायांकन सुरु भएको छ । करिब ४५ दिनको छायांकन सेड्यूल लिएर यसको छायांकन प्रारम्भ गरिएको हो । काठमाण्डौमा रहेको ‘द भ्वाइस’को भव्य सेटमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरिरहेका छन् ।

‘द भ्वाइस’को स्टूडियोमा सौन्दर्य प्रतियोगीताको छायांकन गरिएको हो । यसका लागि निर्देशकले ४ वटा क्यामेरा लगाएर निकै मिहिनेत गरिरहेका थिए । यो दृश्य चलचित्रको लागि निकै महत्वपूर्ण रहेको वुझिएको छ । पन्ध्र जना व्यवसायिक मोडलको साथमा चलचित्रका मुख्य कलाकारद्धय श्रद्धा श्रेत्री रेखा लिम्बुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरिरहेकी थिइन् ।

सामाजिक कथावस्तुमा चलचित्र निर्माण भएतापनि मनोरञ्जन भरपुर भएको उनको भनाई छ । सुरजकै लेखनमा बनिरहेको चलचित्रमा नायक पल शाह, कलाकार निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, मनोज केसी लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment