+
+

टिप्परको ठक्करबाट प्राध्यापकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते ७:१६

१९ चैत, बुटवल । टिप्परको ठक्करबाट बुटवलमा एकजना प्राध्यापकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले ठक्कर दिँदा लु २२ प ४९७९ नंं.को मोटरसाइकलमा सवार डोलराज अर्यालको मृत्यु भएको हो ।

बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिप्परले ठक्कर दिएपछि अन्दाजी ५० वर्षीय प्राध्यापक अर्याल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार राति ८ बजेतिर मृत्यु भएको ५ नंं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

देवदह घर भएका अर्याल बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषयका प्राध्यापक थिए ।

ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?