Comments Add Comment

बजारमा ९१ प्रतिशत सुन बैंकिङ प्रणालीभन्दा बाहिरबाट

३० चैत, काठमाडौं । नेपालमा कारोबार हुने करिब ९१ प्रतिशत सुन बैंकिङ प्रणालीभन्दा बाहिरबाट आउने गरेको खुलासा भएको छ । गत वर्ष यस्तो अनुपात ८५ प्रतिशत देखिएको थियो । अवैध सुन कारोबार उच्च हुँदा नेपालमा बैंकिङ भन्दा पनि तस्करीका माध्यमबाट आउने सुनको कारोबार बजारमा मौलाएको छ ।

महालेखा परीक्षकको ५६औं प्रतिवेदनअनुसार नमूनाका रुपमा ५ वटा सुन पसलमा अनुगमन गर्दा ९१ प्रतिशत बाह्य निकाय एवं व्यक्तिबाट खरिद भएको भेटिएको हो । कतिपय व्यवसायीले त सय प्रतिथशत सुन नै व्यक्तिबाट खरिद गरेको भेटिएको छ ।

यसरी व्यक्तिबाट ल्याइएको सुनको वैधानिकता पनि पुष्टी भएको छैन । यस्तो बैंकिङ च्यानलभन्दा बाहरिबाट भन्सार छली आउने सुन सस्तोमा किन्न पाइने भएकाले नाफा पनि राम्रो हुन्छ ।

महालेखाको प्रतिवेदनमा व्यवसाीले बजारमा बिक्री गर्ने ९ प्रतिशत सुन मात्रै सरकारले तोकेको बैंकिङ च्यानलबाट आउने गरेको उल्लेख छ ।

सुन तथा चाँदीको आयात गर्ने स्वीकृति बैंक तथा वित्तीय संस्थालाई मात्र दिइएको छ । ठूला करदाता कार्यालयअन्तर्गतका विभिन्न करदाताहरुले बैंकिङ माध्यमबाट खरिदभन्दा पनि ठूलो परिमाणमा निजी व्यक्ति र व्यवसायीबाट खरिद गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

तथ्यांकबाट ५ करदाताले ६ वर्षमा ५ अर्ब १७ करोड ३० लाखको सुन खरिद गरेका छन् । त्यसमध्ये ४६ करोड ९ लाख -९ प्रतिशत) को मात्र बैंकिङ प्रणालीबाट खरिद भएको देखिन्छ । ९१ प्रतिशत बाहृय निकाय एवं व्यक्तिबाट खरिद भएको प्रतिवेद नमा उल्लेख छ ।

सुन तथा चाँदीको नियमन गर्ने जिम्मेवारी कुनै निकायलाई तोकेको छैन । यसरी खरिद व्यक्तिबाट भएको सम्बन्धमा कर परीक्षणमा उल्लेख नभएकोले राजस्वमा परेको असर सम्बन्धमा छानबिन गर्नुपर्ने सुझाव महालेखाले सरकारलाई दिएको छ ।

व्यवसायीले भने विदशेबाट आउने नेपालीले पनि सुन ल्याउने भएकाले उनीहरुसँग पनि सुन खरिद गर्ने गरेको दावी गरिररहेका छन् ।

यस्तै पुराना सुनका गहाना लिएर पनि सुनको कारोबार गरिने हुँदा बैंकिङ प्रणालीबाट आउने सुन कम देखिने गरेको उनीहको भनाइ छ । उनीहरुले बैंकिङ प्रणालीबाट आउने सुनको कोटा बढाउन सरकारसँग माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment