+

माने र सलाह चम्किएपछि लिभरपुलको सहज जित

२०७६ वैशाख  २ गते ७:४२ २०७६ वैशाख २ गते ७:४२
माने र सलाह चम्किएपछि लिभरपुलको सहज जित

२ वैशाख, काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई आफ्नै घरेलु मैदानमा पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र मोहम्मद सलाहले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा भने दुई गोल थप्न सफल भयो । चेल्सीले भने पाएको अवसरलाई पनि सदुपयोग गर्न सकेन ।

खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै सलाहले गोल गर्दै २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि लिभरपुलले चेल्सीलाई २–० गोलको जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३४ खेलबाट ८५ अंक बनाएको छ । पराजित चेल्सीको भने समान खेलबाट ६६ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय