Comments Add Comment

भूकम्पले जुटाएको अवसर : गाउँमा सुविधापूर्ण विद्यालय भवन

Photo Credit : झटेश्वर माध्यमिक विद्यालय

९ वैशाख, रामेछाप । १२ वैशाख २०७२ को महाभूकम्पले हल्लाएको रामेछापको पुरानो जिल्ला सदरमुकाम रामेछाप बजारको गौरीशंकर माविको भवनले २९ गतेको परकम्प थेग्नसक्ने कुरै भएन ।

जिल्लाकै पुरानो विद्यालय भवन जमिनमा थुप्रिएपछि एकमहिना पठनपाठन बन्द भयो । शिशुदेखि १२ कक्षासम्म पढ्ने विद्यार्थीको लागि एक महिनामा पढ्ने ठाउँ तयार गर्ने अवस्था भएन ।

त्यही बिचमा विभिन्न राजनीतिक दलले भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र बनाउन स्वमसेवक दस्ता खटायो । तिनै स्वयमसेवक टोलिले १५ दिनमा ओत लाग्नसम्म मिल्ने टहरो बनाई दियो । प्रधानाध्यापक निरबहादुर कार्की भन्छन्, ‘केही नभएको बेला त्यो टहरो दरबारै पाए जस्तो भयो ।’

तर सँधै टहरोमा कक्षा सञ्चालन गर्न सकिने कुरा भएन । त्यसैले विद्यालय परिवार पक्की भवन बनाउन सघाउने निकायको खोजीमा भौतारिन थाल्यो । त्यही क्रममा पुननिर्माण प्रधिकरणले भूकम्पले क्षति भएका विद्यालय निर्माण गर्नका लागि जिल्लाहरुमा छुट्टै संयन्त्र स्थापना गर्यो ।

जिल्ला कार्यक्रम कार्यान्वयन इकाई (शिक्षा)नामको संयन्त्रले क्षतिग्रस्त विद्यालयको सूची बनाएर पुननिर्माणको काम थाल्यो, जसमा गौरीशंकर उमावि पनि पर्यो । अमेरिकी सहयोग नियोग यूएस एडको आर्थिक सहयोगमा पुननिर्माण सुरु भएर मंसिर १८ मा विद्यालय भवन तयार भयो ।

वन यस्तो बन्यो कि त्यसलाई हेर्दा भूकम्प वरदान लाग्ने भयो । ‘भूकम्प नआएको भए यति सुविधासम्पन्न विद्यालय भवन बन्ने थिएन’, प्रअ कार्की भन्छन्, ‘हामीलाई त भुकम्प पनि अवसर नै भयो ।’

अहिले पक्की विद्यालय भवनमा छात्र, छात्रा र शारीरिक रुपमा अशक्तहरुका लागि छुट्टाछुट्टै शौचालय छ ।

विज्ञान र कम्प्युटर ल्याव छ । वंगैचायुक्त विद्यालय परिसरमा पुग्दा कुनै कूटनीतिक निकायको कम्पाउण्डमा पसेजस्तो लाग्छ ।

भूकम्प पनि अवसर बन्न पुगेका विद्यालय रामेछापमा अरु पनि छन् । लखनपुरको कालीका मावि, भटौलीको रुद्राक्षेश्वर मावि, मन्थलीको नागकन्या मावि, बाम्तीको शिद्धेश्वर मावि, नागदहको झटेश्वर मावि र ठोसेको शारदा माविका पनि गैरीशंकर उमाविको जस्तै नमुना भवन बनेका छन् ।

जिल्ला कार्यक्रम कार्यान्वयन इकाई प्रमुख हेमन्त बुढाथोकीका अनुसार भूकम्पपछि रामेछापमा २१ माविका भवन लोभलाग्दा बनेका छन् । जसमध्ये पाँचवटा निर्माणको अन्तिम चरणमा छन् । पाँचवटा युएसएड, १५ वटा एशियाली विकास बैंक र एउटा जापान सरकारको सहयोगमा निर्माण भएका हुन् ।

भारत सरकारको सहयोगमा निर्माण हुने भनिएका १० वटा विद्यालय भवनको चाही भर्खर सर्वे डिजाइन सकिएको छ । रामेछापमा महाभूकम्प आउँदा ४१९ विद्यालय रहेकामा अहिले गाभिएर ३९७ वटा भएका छन् ।

यो पनि पढ्नुस्ः-

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-१ : भूकम्पको ‘इपिसेन्टर’ बारपाक : न गाउँ, न शहर !

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-२ : महाभूकम्पले तोडेको ‘लाइफलाइन’ : नेपालको हुटहुटी पूरा गर्न चीनको चटारो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment