Comments Add Comment

सगरमाथाको उचाइ नेपाल र चीन दुबैतिरबाट नापिन्छ : प्रधानमन्त्री

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने काम विवादरहित ढंगले गर्ने बताएका छन् ।

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ बर्ष पुगेको अवसरमा मंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसरमा अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुबैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताए ।

‘सगरमाथाको बारेमा भएका भएका भ्रमहरु अन्त्य गर्न यसपाली सरकारको तर्फबाट उचाइ नाप्ने काम हुदैछ । यो कामलाई विवाद रहित ढंगले टुंगिन्छ’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताए । पासाङको आत्मविस्वास र साहसले सगरमाथाको आरोहण सफल भएको भन्दै उनले थपे ‘पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन् ।’

प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालीन बनाउनका लागि सरकार सकारात्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment