+
+
Shares

अर्थमन्त्रीको स्वीकारोक्ति–पुस्तिकामा हिसाब नमिलेको सही हो, कूल बजेटमा फरक छैन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले बजेट किताबमा विनियोजन गरिएको रकमो हिसाबहरुमै त्रुटि रहेको भन्दै छलफलका क्रममा प्रश्न उठाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेट पुस्तिकामा हिसाब नमिलेको संसद्‌मा स्वीकार गरेका छन्।
  • बजेट सूचना प्रणालीको एक्सल सिटमा रोहरू ‘हाइड’ हुँदा विकास कार्यक्रम पुस्तिकामा हिसाब फरक परेको स्पष्टीकरण अर्थमन्त्रीले दिए।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट पुस्तिकाको हिसाबमा त्रुटि रहेको भन्दै संसद्‌मा प्रश्न उठाएका थिए।

४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमै रकमको हिसाब नमिलेको स्वीकार गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट बजेटको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यो विषय स्वीकार गरेका हुन् ।

सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फ मन्त्रालयगत बजेट सूचना प्रणाली एक्सएल सिटमा लुकेको स्वीकार गरे ।

‘सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फ मन्त्रालयगत बजेट सूचना प्रणाली एलएमबीआईएसमा विनियोजित कार्यक्रम एक्सल सिटमा लुकेको र रोहरू हाइड हुँदा प्रकाशन हुन गएको विकास कार्यक्रम पुस्तिकामा नदेखिएको सही हो,’ ’ वाग्लेले स्वीकार गर्दै भने ।

कूल विनियोजित बजेटमा फरक नपरेको जानकारी पनि उनले गराए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले बजेट किताबमा विनियोजन गरिएको रकमो हिसाबहरुमै त्रुटि रहेको भन्दै छलफलका क्रममा प्रश्न उठाएका थिए ।

‘मैले हिसाबहरु थुप्रै नमिलेको देखें,’ उनले भनेका थिए, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जुन ब्रेक डाउन छ त्यसमा पूरा बजेटको ब्रेक डाउन छैन ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमै रकमको हिसाब नमिलेको पनि उनले औंल्याए । ‘पाना नम्बर १६ मा जानुभयो भने बजेट नम्बर ३०१०९०११ मा कुल पुँजीगतमा ११०६.४३ लेखिएको छ । तर जोड्दा खेरि ११०३.४३ मात्रै आउँछ,’ राइले भनेका थिए ।

यस्तौ समस्या पाना पाना नम्बर २० र २१ मा पनि समस्या रहेको भनेर देखाएका थिए ।

‘.. चालु लेखिएकोमा ६४ छ । रियल जोड्दा खेरि ट्याली गर्नुहोस् त्यहाँ ५३.५८ आउँछ,’ राईले भने, ‘त्यसैगरी पाना नम्बर १९ को पुँजीगतमा ११०६ र पाना नम्बर ११ को चालुमा ६४ लेखेको छ । यो दुईवटा जोड्दा १७२९.५ भयो भनिएको छ । यसरी गलत ट्यालीहरु छन् ।’

अध्यक्ष साम्पाङले अन्य पानाहरूमा समेत हिसाबकिताब नमिलेको भनेर देखाए । ‘पाना नम्बर २७ र २८ मा टोटल गर्नुभयो फरक देखिन्छ । टोटल लेखिएको छ १५३ तर त्यहाँ जोड्नुभयो भने १४३ मात्रै आउँछ’ साम्पाङले प्रश्न गरे, ‘यसरी यो क्लियरिकल मिस्टेक हुनु भनेको ठूलो गल्ती हो । यो नियतवश गरिएको छ या भुलवश भएको छ ?’

‘बजेटको अंककणितमै हामी फेल भइराखेका छौं भने हामीले पोलिसी बनाउन सक्दैनौं,’ सरकारलाई उनको प्रश्न थियो, ‘एकमा एक जोड्दा दुई हुनुपर्नेमा तीन लेखियो भने यो के खालको क्लियरिकल मिस्टेक हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?