Comments Add Comment

बर्दिवास मेडिकल कलेजको पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना

१८ वैशाख, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरिएको छ ।कार्यालयको एक कार्यक्रम बीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले उदघाटन गरेका हुन् ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माणको लागि आयोजनाको कार्यालय स्थापना गरेको आयोजना प्रमुख देवीप्रसाद सुवेदीले जानकारी दिए ।

गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ को महोत्तरीको बर्दिबास सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो ।

आयोजना कार्यालय स्थापना भएसंगै मेडिकल कलेजको लागि आवश्यक काम कारवाही यथासिघ्र सुरु हुने उनले बताए ।

बर्दिवास मेडिकल कलेज सरकारले आर्थिक वर्ष २०७३/०७४ मा स्थापना गर्ने निर्णय भएको थियो । कलेज स्थापनाको लागि बर्दिवास नगरपालिका १ मा आवश्यक ७५ रोपनी जग्गा सिफारिस गरिएको छ ।

सिफारीस भएको जग्गामा सरकारी वन रहेकोले मन्त्रालयमा आवश्यक प्रक्रियाको कारण रोकिएको छ । कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका प्रमुख सुवेदीले चालु आर्थिक वर्षमा अर्थमन्त्रालयले करिब ८७ लाख रुपैया छुट्टयाएको जानकारी दिए ।

स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित ७ जना कर्मचारीको दरबन्दी रहेको आयोजना प्रमुख सुवेदीले जानकारी दिए ।

आयोजनाको कार्यालयले मेडिकल कलेज स्थापनाका लागि डीपीआर निमार्ण, वाताबरणीय परीक्षण मुल्याङकन -ईआईए), गुरुयोजना निर्माण, जग्गा प्राप्तिलगायतका कामहरु गर्ने छ ।

कलेजको पूर्वाधार तयार गर्न ३ वर्षमा सक्ने लाग्ने बताइएको छ । कलेजमा सबै विधाको अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि तीनसय बेडको अस्पताल निर्माण हुनेछ ।

कार्यक्रममा शिक्षा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment