+
+

आगामी बजेटबाट ज्येष्ठ नागरिक भत्ता ५ हजार : उपप्रधानमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते १३:३९

१८ वैशाख, बर्दिवास ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाइने बताएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै उनले भत्ता मासिक पाँच हजार पुर्‍याउने गरी गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

नेकपाले चुनावमा भत्ता बढाउने प्रतिबद्धता गरेपनि सरकार निर्माण भएपछि ल्याइएको पहिलो बजेटमा बढाएको थिएन । भत्ता नबढेपछि सरकारको आलोचना भएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले यसपटकको बजेटमा कृषी र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको उनको भनाइ छ । उनले बिभिन्न समयमा बेचिएका उद्योग कलकारखानाहरु फिर्ता ल्याउने तयारीसमेत गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?