Comments Add Comment

पुलिस र आर्मी क्वाटरफाइनलमा

२३ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथिभारा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ताप्लेजुङको साँघुमा सोमबार भएको खेलमा पुलिसले प्रदेश एकलाई र आर्मीले टियु विश्वविद्यालय टिमलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा प्रदेश एकलाई पुलिसले ३-० को सोझो सेटमा पराजित गर्न सफल भयो । समूह ए को खेलमा पुलिसले प्रदेश एकलाई २५-८, २५-१८ र २५- ९ को सेटमा पराजित गरेको हो । अब पुलिसले मंगलबार प्रदेश ३ सँग प्रतिस्पर्धा गर्नेछ । यता पराजित प्रदेश एक पनि क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै आर्मीले विश्वबिद्यालय टिमलाई ३-० को सोझो सेटमा नै पराजित गरेको छ । आर्मीले विश्वविद्यालय टिमलाई २५-१३, २५-१३ र २५-१५ को सेटमा पराजित गरेको हो । अब आर्मीले प्रदेश दुईसँग खेल्नेछ ।

जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत एपीएफले प्रदेश तीनलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । एपीएफले प्रदेश तीनलाई २५-१६,२५-१५ र २५-२४ को सेटमा हराएको हो । अब एपीएफले मंगलबार प्रदेश एकसँग खेल्नेछ ।

त्यस्तै गण्डकी प्रदेशले प्रदेश दुईलाई पनि ३-० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले प्रदेश दुईलाई २५-१६, २५-१५ र २५-१६ को सेटमा पराजित गरेको हो । अब गण्डकीले विश्वबिद्यालयसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment