+
+

ट्वीटरमा नयाँ फिचर्स : फोटो र भिडियोसहित रिट्वीट गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते ७:११

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । रिट्वीट गर्दा फोटो र भिडियोलाई समेत राख्न सकिने सुविधा ट्वीटरले ल्याएको हो ।

पहिले रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा मिडिया -फोटो, जीआईफ र भिडियो) पनि राख्न सकिन्छ ।


ट्वीटरले अब मूल ट्वीटको आकार अपेक्षाकृत सानो बनाइदिएको छ र रिट्वीट गर्ने प्रयोगकर्ताको मिडियालाई पूरा आकार प्रदान गरेको छ ।

हाल यो सुविधा मोबाइल वेबसाइटका लागि मात्र उपलब्ध गराइएको छ । एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्छन् ।

कम्प्युटर डेक्सटपमा भने यो सुविधा हाल उपलब्ध छैन । आशा छ ट्वीटरले डेक्सटप प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?