Comments Add Comment

स्कुलबाट चोरिएका सामानसहित ४ जना पक्राउ

२६ वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्ज महानगरपालिका २१ रामगढवास्थित ज्ञानदा एकेडेमी स्कुल चोरीमा संलग्नको आरोपमा ४ जना पक्राउ परेका छन् ।

घटना भएको चार दिनपछि प्रहरीले चोरी भएको सामानसहित उनीहरुलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका ११ कृषि औजार पछाडि डेरा गरी बस्ने बलबहादुर थापा, श्रीपुर बस्ने मोजामिल मिया, वडा नम्बर २४ बस्ने गीतादेवी कुशवाहा र उनका श्रीमान मनुकुमार गुप्ता पक्राउ परेका हुन् ।

वैशाख २१ गते विद्यालयबाट चोरी भएको सामान प्रहरीले मनुकुमार गुप्ताको घरबाट बरामद भएको थियो ।

एउटा मनिटर, ४८ इन्चको एलइडी टिभी, चारवटा ल्यापटप, चार्जरसहितको एलइडी, एउटा माइक, दुईवटा एमसिबी बक्स, एउटा आगो निभाउने मेसिन, सटर फोड्न प्रयोग गरिएको २ वटा फलामको रड र नेपाली तथा भारतीय गरी २८ हजार ६ सय रुपैयाँ बरामद भएको क्राइम टोलीका इन्चार्ज प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment