Comments Add Comment

जग्गी वासुदेवका १० अनमोल वचन

जग्गी वासुदेव चिन्तक, लेखक हुन् । उनी अहिले ‘सद्गुरु’ नामबाट विख्यात छन् । उनी आफ्नो विचार, चिन्तन र दर्शन प्रष्टसँग र बुझ्ने भाषामा राख्छन् । त्यही कारण सद्गुरुको प्रवचन सुन्न धेरैजसो लालयित हुने गर्छन् । उनी ढोंग, आडम्बर, अन्धविश्वासमा होइन, वैज्ञानिक तथ्य र आधारहरुमा टेकेर आफ्ना आध्यत्मिक विचार प्रवाह गर्छन् ।

उनका पिता चिकित्सक थिए । भारत, कर्नाटकमा जन्मिएका उनको ‘ईशा फाउन्डेशन’ नामको मुनाफारहित मानवसेवी संस्था छ । सद्गुरुले ८ भाषामा सय भन्दा बढी पुस्तक रचना गरेका छन् ।

–     मेरो कामना छ कि तपाईंका परिश्रम कष्टपूर्ण नबनुन्, बरु तपाईंको मेहनत प्रेम र आनन्दले भरियोस् ।

–     हरेक काम यसरी गर्नुहोस् कि मानौं त्यो तपाईको अन्तिम काम हो । रोकेर राख्नुपर्ने वा भविष्यका लागि बचाएर राख्नुपर्ने केही पनि हुँदैन ।

–     जब मानिस एक्लै हुन्छन्, तब उनीहरु आध्यात्मिक बन्छन् । जब समूहमा हुन्छन्, तब उनीहरु धार्मिक बन्छन् ।

–     यदि तपाईं कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईंले त्यो गर्नुपर्छ, जुन उनीहरुलाई मनपर्छ । न कि, त्यो जुन तपाईंलाई मनपर्छ ।

–     तपाईं आफ्नो सेरोफेरोका मानिसहरु, चिजहरु अथवा तपाईं रहने स्थानप्रति कति तालमेल हुनुहुनछ भन्ने कुराले नै यो तय गर्नेछ कि तपाईं संसारमा कति सहजतापूर्वक काम गर्नुहुन्छ ।

–     यदि तपाईं चाहनुहुन्छ कि हरेक व्यक्ति तपाईंसँग प्रेम गरोस्, त सर्वप्रथम तपाईंले ती सबैसँग प्रेम गर्नुपर्छ ।

–     चेतना तपाईंको अस्तित्वको स्वभाविक अवस्था हो । तपाईं यसलाई यसकारण गुमाउनुहुन्छ किनकी तपाईं आफ्नो विचार, भावना र शरीरसँग पहिचान जोड्नुहुन्छ ।

–     हरेक जीवन एउटा संभावना हो । यदि तपाईं त्यो संभावनालाई खुला राख्न चाहनुहुन्छ भने कसैप्रति कहिल्यै कुनै किसिमको धारणा नबनाउनुहोस् ।

–     जो व्यक्ति निरन्तर आफ्नो दिशा परिवर्तन गरिरहन्छ, ऊ आवश्य कहीँकतै जान चाहँदैन ।

–     आफ्नो जीवनको हरेक क्षण तपार्एं शरीर, मन, भावना र उर्जाको स्तरमा काम गर्नुहुन्छ । हरेक कामले एउटा विशेष स्मृति सृर्जना गर्दछ । यही स्मृति कर्म हो ।

–     जब तपाईं केही खानुहुन्छ, तब तपाईं धर्तीको एक अंशलाई आफुभित्र लिनुहुन्छ । अतः हामी धर्तीप्रति जस्तो व्यवहार गर्छौ, त्यस्तै व्यवहार हामी शरीरसँग गर्दछौ ।

–     प्रविधिको आफ्नो कुनै गुण हुँदैन । हामी यसको प्रयोग जसरी गर्छौ, त्यसैले हामीलाई निर्माण वा विनास गर्छ ।

–     यदि तपाईं विश्वको बारेमा चिन्तित हुनुहुन्छ भने, सर्वप्रथम तपाईंले आफुलाई एक आनन्दित मनुष्यमा रुपान्तरण गर्न आवश्यक छ ।

–     युवा हुनु अर्थात संभावनाहरु पुरै खुला हुनु । मेरो विचारमा हरेक मानिस जीवनभर त्यस्तै रहनुपर्छ, निरन्तर जान्न र खोज्नका लागि तत्पर ।

–     तपाईंका स्वास्थ्य अनि तपाईंका रोगहरु, तपाईंको आनन्द अनि दुःख कष्टहरु, सबै तपाईंभित्रबाट आउँछन् । यदि तपाईं खुसियाली चाहनुहुन्छ भने समय भएको छ, आफुभित्र र्फकन् ।

–     यदि तपाईं आफ्ना नश्वर प्रकृतिप्रति निरन्तर जागरुक रहनुभयो भने, तपाईं त्यहीमात्र गर्नुहुन्छ, जसले तपाईंको लागि वास्तवमै महत्व राख्छ ।

–     यदि तपाईंले परिवर्तनलाई अस्विकार गर्नुभयो भने, तपाईंले जीवनलाई नै नकार्नु हुन्छ ।

–     शिक्षा भनेको जानकारीहरु संग्रह गर्नुमात्र होइन । शिक्षा भनेको मूलतः व्यक्तिको बोधको क्षमतालाई बढाउनु हो ।

–     कुनैपनि चिजलाई उच्च दृष्टिले नहेर्नुहोस्, कुनैपनि चिजलाई निम्न दृष्टिले नहेर्नुहोस् । तबमात्र तपाईं सृष्टिलाई त्यस्तै देख्नुहुन्छ, जस्तो यो वास्तवमा छ ।

–     तपाईं जे काम गर्नुहुन्छ, त्यसले तपाईं को हो भन्ने कुरा निर्धारण गर्नुहुँदैन । तपाईं जो हुनुहुन्छ, त्यसैबाट यो तय हुनुपर्छ कि तपाईंले के गर्नुहुनेछ ।

–     जीवनको एउटा निश्चित गति हुन्छ । त्यसैले तपाईं आनन्दपूर्वक हतारमा हुनुपर्छ, तर कहिल्यै पनि अधैर्य हुनुहुँदैन ।

–     आध्यात्मिक व्यक्ति र सांसारिक व्यक्ति दुवैले उही अनन्तको खोज गरिरहेका हुन्छन् । एउटाले सचेतनपूर्वक खोज गरिरहेका हुन्छन्, अर्कोले अचेनपूर्वक ।

–     दोमन वा दुविधा हुनु राम्रो हो । यसको मतलब तपाईं सत्यको खोजमा हुनुहुन्छ । शंका वा सन्देह हुनचाहिँ रोग हो, किनकी पहिल्यै नकारात्मक निष्कर्ष निकाल्नु हुन्छ ।

–     ईश्वर रचयिता हुन्, कुनै व्यवस्थापक होइनन् । मनुष्यलाई आफ्नो जीवन आफैले व्यवस्थापन गर्ने विशेषाधिकार दिइएको छ ।

–     तपाईंको शरीरको हरेक कण सम्पूर्ण ब्रम्हान्डको सम्पर्कमा हुन्छ । योग भनेकै त्यसलाई अनुभव गर्नु हो ।

–     जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै सन्तुलन हो । यदि सन्तुलन भएन भने तपाईंको आफ्नै शरीर र मन तपाईं विरुद्ध काम गर्नेछ ।

–     विगत तपाईंको मनमा मात्र बाँच्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment