Comments Add Comment

सडक पुगेपछि गाजा छाडेर तरकारी खेती

१२ जेठ, राक्सिराङ (मकवानपुर) । गाउँमा सडक पुगेपछि मकवानपुरको विकट गाउँका बासिन्दा गाजा खेती छाडेर तरकारी खेतीमा लागेका छन् । राक्सिराङ– ८ टोड्केमा सडक पुगेपछि स्थानीयले गाजा खेती गर्न छाडेका हुन् ।

सडक निर्माणका लागि प्रदेश सरकारले लगानी गरेसँगै उनिहरु सडकसँग जोडिएका हुन् ।

पहिला गरेको उत्पादन बजारसम्म पुर्‍याउनै नसक्दा समस्या थियो अब सडकको सुबिधा भएसँगै गाउँले कृषि उपजको उत्पादनमा लाग्न थालेका स्थानीय शिक्षक इन्द्रलाल घलानले बताए । गाउँलेको कृषि उत्पादन बजारसम्म पुर्‍याउन समस्या थियो अहिले सडक खुलेसँगै गाजा होइन काउली, बन्दा, अदुवा, लसुन, नास्पातीको खेती भइरहेको घलानले जानकारी दिए । ‘हामीले गरेको उत्पादनलाई सहज रुपमा बजारसम्म पुर्‍याउन सकेका छौं’ उनले भने ।

गाउँसम्म जोड्न निर्माण भएको दुई वटा कृषि सडकका लागि प्रदेश सरकारले ६४ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । स्थानीय उपभोक्ता समितिमार्फत काम हुने गरेर सिलाधुनी–मानेडाँडा–थाहापहराको ५ किलोमिटर सडकका लागि ४० लाख रुपैयाँ र ठुलो टोड्के – जाब्राङ–चरीमारा ८ किलोमिटर सडकमा २४ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ ।

सडकबाट गाउँका ७ सय घरधुरी लाभान्वित हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर तितुङले बताए । कृषिजन्य उत्पादन बजार लैजानका लागि सहज हुने र गाउँमा मकै, कोदो, तोरीको परम्परागत तरिकाले खेती हुने गरेको छ । पहिला मकैसँगै गाजा लगाउने गरेपनि अहिले रोकिएको तितुङले जानकारी दिए ।

टोड्के चितवनको भण्डाराबाट सवारीमा ४ र जिल्ला पश्चिम मनहरीबाट ८ घण्टामा पैदल यात्राबाट गाउँ पुगिन्छ ।

मन्त्रीले गरे सडकको अनुगमन

प्रदेश सरकारको लगानीमा बनेको सडकको प्रदेश ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अनुगमन गरेका छन् । मन्त्री लामाले अवैध खेती गाजालाई पुर्णरुपमा विस्थापित गर्न प्रदेश सरकारले कृषि सडकको निम्ति वजेट विनियोजन गरेर काम सुरु गरेकोे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment