Comments Add Comment

गणतन्त्र दिवसकै दिन खुल्दैछ तातोपानी नाका

१५ जेठ, काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा खुल्दैछ ।

नेपाल-चीनको प्रमुख व्यापारिक उक्त नाका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र चिनियाँ अधिकारीले बुधबार औपचारिक रुपमा शुभारम्भ गर्नेे कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

तातोपानी नाकाबाट तत्कालका लागि मालबाहक ट्रकमात्र आवात-जावत हुने भएका छन् । मानिसहरुलाई आवत-जावत गर्न भने तत्काल दिइने छैन । चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा खोलिने छन् । र, त्यहीँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्ने छन् ।

२०७२ को भूकम्पले ध्वस्त सो क्षेत्रमा अझै पनि जोखिम नटरेकाले मानिसहरुको आवात जावतमा तत्कालका लागि रोक लगाइने चिनियाँ अधिकारीहरुको भनाइ छ । भूकम्प अघिसम्म नेपालीहरु नेपाल-चीन मितेरी पुल पार गरेर चिनियाँ बजारसम्मै पुगेर सामानहरु किन्न पाउँथे ।

वि.सं. २०२३ सालदेखि सञ्चालनमा आएको तातोपानी नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द भएको थियो । तर चिनियाँ र नेपाल सरकारको सक्रियतामा चार वर्षपछि बुधबारबाट औपचारिक रुपमा तातोपानी नाका सञ्चालनमा ल्याइँदै छ । तातोपानी नाका खुलाउने सिलसिलामा मंगलबार नै चिनियाँ राजदूत हउ यान्छी तातोपानी पुगेकी छिन् ।

यो पनि पढ्नुहोस चीनले यस्तो बनाइदियो तातोपानी नाका !

चीन सरकारले करिब १ अर्ब २० करोड रुपैयाँ सहयोगमा लार्चामा अत्याधुनिक सुक्खा बन्दरगाह निर्माण गरिदिएको छ । सुक्खा बन्दरगाह ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ । यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएकामा त्यहाँदेखि ६.५ किलोमिटर वर रहेको लार्चाबाट सबै काम हुने छ ।

अरनिको राजमार्ग र तातोपानी क्षेत्रको सीमापुल निर्माणसहित सबै काम सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा लार्चास्थित भोटेकोशीको ११२ मिटर पक्की पुल, लिपिङ बजारदेखि बन्दरगाहसम्म अरनिको राजमार्ग स्तरोन्नती र भोटेकोसी नदीमा मोटरेबल पुल पनि निर्माण गरिएको छ । यी सबै संरचना चिनियाँ अधिकारीहरुले नेपाल सरकारलाई हस्तान्तरण गर्ने छन् ।

त्यसैगरी अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्मको बाटो चीन सरकार र त्यहाँदेखि बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाले निर्माण गरेका छन् ।

यो पनि पढ्नुहोस ‘नेपालसम्म रेल ल्याउन कठिन, तर चीन प्रतिबद्ध’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment